काठमाडौं । देशको एकमात्रै गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का प्रमुख तथा मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले भोलि २८ भदौको राति १२ बजेबाट अनिवार्य अवकाश पाउँछैन् ।
आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेर थापा भोलि अवकाशमा जाने भएसँगै मुख्य अनुसन्धान निर्देशक पद रिक्त हुने भएको छ । जेनजीको आन्दोलनले उग्ररुप लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । यतिबेला देश शून्य अवस्थामा छ ।
अहिले सेनाले नै कर्फ्यू लगाउनेदेखि नेताहरूलाई सुरक्षा दिएर खान्ने मात्रै होइन प्रधानमन्त्री कसलाई बनाउने भन्नेमा पनि सैनिक मुख्यालय जंगी अड्डामा छलफल चलिरहेको छ । गुप्तचर प्रमुख मन्त्रिपरिषद्ले नियुक्त गर्नुपर्ने हुन्छ । भोलिसम्म प्रधानमन्त्री नियुक्त नभएको अवस्थामा के हुने भन्ने अन्योल कायम छ ।