काठमाडौँ । धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत जनतालाई आफूलाई समर्थन गर्न आह्वान गरेका छन्।
उनले लेखेका छन्, ‘देश बचाउने हो भने मलाई समर्थन गर्नुहोस्। जनताको हितमा दिनरात दुःख गर्ने सरकार चाहिन्छ कि भेट्नै नसकिने सरकार चाहिन्छ रु आकाशको ताराको कथा होला, विचार गर्नुहोस् । सोमबारदेखि देशव्यापी रूपमा सुरु भएको जेनजी आन्दोलन मंगलबार पनि निरन्तर रह्यो। आन्दोलनकारीहरूले सिंहदरबार, राष्ट्रपति भवन, अदालत र नेताहरूका घरमा तोडफोड तथा आगजनी गरेका छन्।’
स्थिति नियन्त्रण बाहिर जान थालेपछि साँझदेखि नेपाली सेनाले हस्तक्षेप गरी केही नियन्त्रणमा लिएको छ। सेनाको पहलमा बुधबार राष्ट्रपति र जेनजी सेनाबीच त्रिपक्षीय वार्ता हुने तयारी भइरहेको छ।