काठमाडौं । काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी दानबहादुर कार्कीलाई दिइएको छ । यसअघि निमित्त प्रमुखको जिम्मेवारीमा डीआईजी ओम राना थिए ।
रानालाई जिम्मेवारीबाट हटाएर उनको स्थानमा एआईजी कार्कीलाई कमाण्ड दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।सोमबार जेनजीले गरेको प्रदर्शनमा सुरक्षा व्यवस्था फितलो हुँदा १९ जनाको ज्यान गएको थियो । एआईजी टेक तामाङ अवकास भएपछि सोमबार काठमाडौं प्रहरी प्रमुख निमित्तको भरमा थियो ।