काठमाडौं । दसैँका लागि आजदेखि अनलाइनबाटै खसीबोका बुकिङ गर्न सकिने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँमा खसीबोका तथा च्यांग्रा अनलाइनबाटै बुकिङ गर्न सकिने व्यवस्था गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी खरिद विभाग प्रमुख अनन्तराज पौडेलले दसैँलाई लक्षित गरेर बुकिङ प्रणाली बनाएको जानकारी दिए ।
च्यांग्राको भने पाँच हजार तिर्नुपर्नेछ । खल्ती वा इसेवा एपबाट पैसा तिर्न सकिनेछ । अनलाइनमा आएको बुकिङ अनुसार खाद्यले खसीबोका र च्यांग्रा ल्याउने उनले जानकारी दिए । अहिले नै मूल्य भने तय नहुने पौडेलले बताए । “तर, मूल्यमा अघिल्लो वर्षभन्दा धेरै फरक पर्दैन,” उनले भने ।
एकजाले पाँचदेखि दशवटा सम्म बुकिङ गर्न सकिनेछ । आफूले बुकिङ गरेको खसीबोका वा च्यांग्रा कुन दिन लिन आउने अनलाइनमै उल्लेख गर्नुपर्ने पौडेलले जानकारी दिए ।