काठमाडौँ । सामाजिक सञ्जाल, विशेष गरी टिकटक लगायतका माध्यममा एचआर सिजे नामले परिचित चिरञ्जीवी अधिकारी नयाँ म्युजिक भिडियो लिएर फेरि सङ्गीत क्षेत्रमा कमब्याक गरेका छन्।
“तन दिए, मन दिए” शीर्षकको थ्रिलर म्युजिक भिडियोलाई लिएर आएका उनी यस पटक खलनायक जस्तो भूमिकामा देखिएका छन्। दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका चिरञ्जीवी नेपालमै अवसर नपाएर विदेश पलायन भएका थिए। तर सङ्गीत र कला प्रतीको मोह मर्न नसकेर उनी पुनः नयाँ गीतसहित दर्शकमाझ फर्किएका हुन्।