काठमाडौं । चलचित्र ‘बलिदान’को टिजर सार्वजनिक भएको छ । सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्रको टिजर सार्वजनिक भएको हो । टिजरमा क्रोध, देशभक्ति भावना र न्यायका लागि गरिएको बिन्ती छ ।
‘आसुसेन फिल्म्स प्रा.लि’को ब्यानरमा बनेको चलचित्र दसैँको फूलपातीको दिन रिलिज हुँदैछ । चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ ।