काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको तयारी गरिरहेको काठमाडौं गोर्खाजले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ ।
काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौं गोर्खाजले बिहीवार पत्रकार सम्मेलन आयोजना गर्दै नयाँ लोगो सार्वजनिक गरेको हो । काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र सिइओ सुरज सिंह ठकुरीले उक्त लोगो सार्वजनिक गरेका हुन् ।
उक्त लोगोमा काठमाडौंको संस्कृत प्रतिनिधित्व गर्ने गरी समेटिएको छ । काठमाडौं गुर्खाजको नामबाट पहिलो संस्करण खेलेको फ्रेन्चाइज टोली अब काठमाडौं गोर्खाज हुने भएको छ ।
काठमाडौं गोर्खाजले बागमती प्रदेशका चार जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर र नुवाकोटाको सेरोफेरोमा रहेर क्रिकेट गतिविधि पनि गर्ने उल्लेख गरेको छ ।