काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा सहभागी क्लबमध्येको एक चितवन राइनोजले दोस्रो सिजनका लागि आफ्नो लोगोमा केही परिवर्तन गरेको छ ।
क्लबका अनुसार, गत सिजनको एनपीएलमा चितवन राइनोजको लोगोमा ‘चितवन’ भन्ने शब्द अगाडि राखिएको थियो । तर, दोस्रो सिजनका लागि तयार पारिएको लोगोमा ‘राइनोज’ अर्थात् गैँडालाई मुख्य रूपमा प्रस्तुत गरिएको छ ।
नयाँ लोगोले आफ्नो टोलीको मर्म र समर्थकको भावनालाई जोड्ने काम गरेको क्लबले जनाएको छ ।
‘यो परिवर्तन केवल डिजाइनमा होइन, समर्पण र गर्वको झल्को पनि हो । अबको लोगोमा देखिएको गैँडा र चितवन नेपाली क्रिकेट र एनपीएललाई माया गर्ने लाखौं समर्थकको प्रतिनिधि बनेर अगाडि आएको छ,’ क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।