काठमाडौं । नेपालले मलेसियामा भएको एसिसी यु-१६ इष्ट जोन कप क्रिकेटको उपाधि जित्दा महत्त्वपूर्ण भूमिका खेलेका खेलाडी सुशील रावलले आफूलाई स्वागत सम्मान भन्दा पनि आर्थिक सहयोग चाहिएको बताएका छन् । एसीसी यु-१६ इष्ट जोन कप क्रिकेटको उपाधि जित्ने टोलीलाई विभिन्न संघसंस्थाले स्वागत तथा सम्मान गरिरहेका छन् ।
त्यसै क्रममा रावलले सामाजिक सञ्जालमार्फत सम्मानको रूपमा खादा र प्रमाणपत्र भन्दा पनि आर्थिक सहयोगको एकदमै जरुरी रहेको बताएका हुन । ‘बझाङबाट छनौट भएर खेले पनि दैनिकी बसाई कञ्चनपुरको शुक्लाफाँटा ५ गर्जमुनिमा छ । अहिले मलाई सम्मानको रूपमा खादा र प्रमाण पत्र भन्दा पनि आर्थिक सहयोगको एकदमै जरुरी परेको छ,’ उनले लेखेका छन् ।