काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने कपडाको ब्रान्ड ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।
बिहीबार काठमाडौंको हिमालय होटलमा आयोजित एक समारोहमा कपडाको ब्राण्ड ‘डेनिम एण्ड डेभिल्स’ र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो । उनी ३ वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त भएका हुन् ।