काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को काठमाडौंसहित देशका आठवटा सहरबाट एक साथ पोस्टर सार्वजनिक गरिएको छ । काठमाडौं, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जबाट आइतबार दिउँसो साढे ३ बजे एक साथ पोस्टर अनावरण गरिएको हो ।
निर्माण टिमले तीनवटा पोस्टर एकसाथ सार्वजनिक गरेको छ । पोस्टरमा विजय बरालसँगै केकी अधिकारी र मिरुना मगर छन् ।अर्को पोस्टरमा केकी अधिकारी छिन् । तेस्रो पोस्टरमा विजयले चलाएको रिक्सामा मिरुना बसेकी छन् । पोस्टरले सिनेको कथा अर्थात् सम्बन्धको परिबन्धमा बाँधिएको यथार्थलाई देखाएको छ ।