काठमाडौं । १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश गरेको छ । मलेसियामा आज भएको खेलमा घरेलु टोली मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइलनमा प्रवेश गरेको हो ।
मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्यो । नेपालका परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेले । यस्तै, शिवान्श बजगाईंले २३ रन जोडे ।
मलेसियाका नागिनिश्वरमले १ विकेट लिए ।यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको मलेसियाले ४३ ओर १ बलमा अलआउट हुँदै ९० रन बनाएको थियो ।