काठमाडौं । सावित्रा भण्डारी साम्बा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी ११औं कप्तान बनेकी छन् ।
एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओस विरुद्धको खेलमार्फत उनले कप्तानी डेब्यु गरेकी हुन् ।
सन् १९८६ मा महिला एसियन कपमार्फत अन्तर्राष्ट्रिय महिला फुटबलमा डेब्यु गरेको नेपालका लागि यसअघि १० खेलाडीले कप्तानी गरिसकेका छन् ।
यसअघि कप्तानी गर्दै आएकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको स्थानमा सावित्रा नयाँ कप्तान बनेकी हुन् ।