काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक एआईजी दान बहादुर कार्कीको शब्दमा रहेको गीत आँखा झिमझिम सार्वजनिक भएको छ ।
शनिबार गजब टिभीमार्फत उक्त गीत सार्वजनिक भएको हो । सो गीतमा सदीक्षा कट्टेलर समिर खरेलले स्वर दिएका छन् भने संगीत बसन्त सापकोटाको रहेको छ ।
यस्तै उक्त गीतको कलाकार कविता नेपाली र सुनिल क्षेत्रीको अभिनय देख्न सकिन्छ । गीतको निर्देशन किरण थापाले गरेका छन् ।