काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम काठमान्डू गुर्खाजले फास्ट बलर करण केसीसहित ६ जना खेलाडीलाई रिटेन गरेको छ ।
शनिबार काठमान्डू गुर्खाजले एनपीएलको दोस्रो संस्करण लागि कप्तान केसीसहित ६ जना खेलाडीलाई रिटेन गरेको हो ।
रिटेन हुनेमा केसीसहित साहब आलम, भीम सार्की, राहिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठ रहेका छन् ।