काठमाडौं । स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलामा नेपालले दोस्रो जित निकालेको छ । बिहीबार भएको नेदरल्याण्ड्ससँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो ।
नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।नेपालले अब शृंखलाको अन्तिम खेलमा शुक्रबार स्कटल्याण्डसँग खेल्ने छ ।