काठमाडौं । त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गत मंगलबार सम्पन्न खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई पराजित गरेको छ ।
टिटउट रङ्गशालामा भएको खेलमा नेपालले जम्मा १ बल बाँकी छँदा लक्ष्य पूरा गर्दै स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको हो । नेपालको जितमा कुशल भुर्तेललले सर्वाधिक ३० रनको योगदान दिए ।
३५ बलमा उनले ४ चौकासहित ३० रन बनाएका हुन् । यसैगरी दीपेन्द्र सिंह ऐरीले १४ तथा बसिर अहमतले १३ रनको योगदान दिए । यसैगरी किरण ठगुन्नाले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले भने दोहोरो अंक छुन सकेनन् ।