काठमाडौं ।इन्डियन प्रिमियर लिग (आइपीएल) को १८औं सिजनको उपाधि भिडन्तमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले पञ्जाब किङ्ग्स (पीबीकेएस) लाई १९१ रनको लक्ष्य दिएको छ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी फाइनल खेलमा बेङ्गलुरुका लागि विराट कोहलीले ३५ बलमा सर्वाधिक ४३ रन बनाए।कोहलीबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले ३० रनको आँकडा पार गर्न सकेनन्। यद्यपि, जितेश शर्माले आक्रामक ब्याटिङ गर्दै १० बलमा २४० को स्ट्राइक रेटमा २४ रन जोडे।
पञ्जाबका लागि बलिङमा काइल जेमिसनले ३ तथा अर्शदीप सिंहले ३ विकेट लिए। अर्शदीपले आफ्ना तीनवटै विकेट खेलको अन्तिम ओभरमा लिएका थिए।
आइपीएलको १८औं सिजन खेलिरहेका यी दुवै टोली आफ्नो पहिलो उपाधिको प्रतीक्षामा छन्। रजत पाटीदारको कप्तानीमा आरसीबीले पहिलो पटक फाइनल खेलिरहेको हो भने श्रेयस अय्यरको कप्तानीमा पञ्जाब पनि पहिलो पटक उपाधि भिडन्तमा पुगेको हो।