धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले शपथ ग्रहण गरेका छन् । चौधरीले प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
तत्कालीन मन्त्री लक्ष्मणकिशोर चौधरीको विवादित अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए। नागरिक उन्मुक्ति पार्टीबाटले उनको ठाउँमा रामेश्वरलाई पठाएको हो ।
चौधरी यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीका रूपमासमेत काम गरेका सांसद हुन् । सरकार फेरिएपछि पद गुमाएका थिए । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउन खोजेकी थिइन् तर अध्यक्षको निर्देशन विपरीत प्रदेश संसदीय दलले रामेश्वरलाई सरकारमा पठाएको हो ।