काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नरहने घोषणा गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत् आफू सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय गरेको बताएका छन् ।
उनले भनेका छन्, “यो मेरो क्रिकेट यात्रा वा मेरो राष्ट्रप्रतिको प्रतिबद्धताबाट पछि हट्ने कदम होइन। म राष्ट्रिय टोलीको एक सदस्यको रूपमा खेल्न सधैं तयार छु र रहनेछु।”