काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको काम धमाधम भईरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि तोकिएको समयमा काम नसकिने भएपछि सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई स्पष्टीकरण सोधेका थिए ।
साथै उनले थप दुई महिनामा प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम पूरा गर्न सम्बद्ध पक्षलाई निर्देशन पनि दिएका थिए ।

सोही अनुसार प्रधानमन्त्रीको निर्देशनसँगै अहिले क्रिकेट मैदानमा तीव्र गतिमा काम भइरहेको हो । असार अन्तिम सातासम्म काम सकिने निर्माण कम्पनीले प्रतिवद्धता गरेको छ ।

फ्लडलाइट र १० हजार सिट क्षमताको प्यारापिट बनाउने काम भइरहेको छ । प्यारापिट बनाउन बिकेओआई–केसीडिसी–बिजी जेभीले ४३ करोड ७७ लाखमा र फ्लडलाइट जडानका लागि विशन–ईश्वरी जेभीले ४२ करोड १९ लाखमा ठेक्का पाएका छन् ।
