सुर्खेत । नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को प्रथम कर्णाली प्रदेश सम्मेलन हुने भएको छ । शनिबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा वाईसीएलका कर्णाली प्रदेश संयोजक शोभाराम भण्डारीले वैशाख २९ र ३० मा प्रदेश अधिवेश हुन लागेको बताए ।
उक्त अधिवेशनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले सम्बोधन गर्नेछन् । आगामी जेठ १७, १८ र १९ गते काठमाडौंमा हुन गइरहेको वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलन सफल पार्न प्रदेशका नौ जिल्लामा सम्मेलन सम्पन्न भएको भण्डारीले बताए ।
सम्मेलनले वाईसीएल प्रदेश समितिको नयाँ नेतृत्व चयन गर्नेछ भने आगामी नीति तथा कार्यक्रम पारित तथा राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि र पर्यवेक्षक छनोट गर्ने जनाइएको छ ।