बुटवल । रुपन्देहीको भैरहवाका दर्जनौँ सङ्घ संस्थाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानको माग गर्दै आज एक घण्टा धर्ना दिएका छन् । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवन अघिको मूल गेटमा उनीहरुले धर्ना दिइएका हुन् ।
उद्योग व्यापार सङ्गठन रुपन्देही (चेम्बर अफ कमर्स, रुपन्देही) को आह्वानमा विरोध सभासहित धर्ना दिइएको हो । पछिल्लो समय विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन छ । विमानस्थलमा उडान ठप्प हुँदा निजी क्षेत्र धराशायी भएको भन्दै दिनको एक घण्टा धर्ना कार्यक्रम राखिएको आयोजक संस्थाका अध्यक्ष दर्पण श्रेष्ठले बताए ।