काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रवक्तामा अभियन्ता गंगाधर गौतम मनोनित भएका छन् ।सर्वोच्च अदालतको परमादेश अनुसार गठित उच्चस्तरीय समितिले काठमाडौँमा आयोजना गरेको एकता महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका महेश कुमार श्रेष्ठले बेल्जियम निवासी गौतमलाई प्रवक्ता मनोनित गरेका हुन् ।
लामो समयदेखि एनआरएनएको अभियानमा सक्रिय रहेका उनी एकता महाधिवेशन मूल आयोजक समितिका सदस्य सचिव थिए ।आइतबार भएको निर्वाचनबाट महेश कुमार श्रेष्ठसहित सम्पूर्ण पदमा सर्वसम्मत भएको हो ।