काठमाडौँ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् एकता महाधिवेशनको निर्वाचनमा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेका अनुसार आइतबार अध्यक्षमा महेश कुमार श्रेष्ठ,उपाध्यक्षमा ६ जना खगेन्द्र न्यौपाने,, लोक प्रसाद दाहाल, सुनिल कुमार शाह,मनोज कुमार श्रेष्ठ विश्वास दीप लिम्बु,बुद्धि सागर सुवेदी निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्ष महिलामा जुनु गुरुङ, महासचिवमा बाबु राम लामा निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै युवा संयोजकमा भिमसेन थापा,ओसेनिया क्षेत्रीय संयोजकमा इर्सद अहमद, ओसेनिया क्षेत्रीय उपसंयोजकमा प्रताप राना र राम प्रसाद कँडेल निर्विरोध निर्वाचित भएका हुन् ।
अन्यमा को-को निर्विरोध भए ?



