काठमाडौँ । नेपाल शिक्षक महासंघका पदाधिकारी तथा महासंघमा आबद्ध सम्बद्ध घटकका अध्यक्षहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई आइतबार विगतका सहमति सम्झौता स्मरण गराएका छन्।
१७ वैशाखमा शिक्षक आन्दोलन स्थगित भएपछि महासंघका पदाधिकारीसहित आबद्ध सम्बद्ध घटकका अध्यक्षहरू शिक्षक कर्मचारीका मागमुद्दा शिक्षा ऐनमा समावेश गराउन र नौ बुँदे सहमति कार्यान्वयन गराउन निरन्तर जुटेका छन्।
शिक्षा ऐनमा महासंघले उठाएका माग समेटिनुपर्ने र मन्त्रिपरिषद्ले गरेका निर्णयहरू अविलम्ब कार्यान्वयनमा ल्याउनुपर्ने विषयमा उनीहरूले सरकार तथा विषयगत समितिलाई स्मरण गराएका छन्।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षामन्त्री रघुजी पन्तलाई विगतका सहमति तथा सम्झौताबारे आज गम्भीर ध्यानाकर्षण गराइएको जानकारी दिए।