काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा पक्राउ परेका सबैलाई छाड्न आदेश दिएको छ ।न्यायाधीश भोलानाथ ढकालको इजलासले हिरासतमा रहेका १८ जनामध्ये भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा र अर्का एक जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
केशव तुलाधरलाई साधारण तारेखमा रिहा गरेको छ भने मीनबहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ,शिवजी भट्टलाई ३ लाख ३० हजार रुपैयाँमा रिहा गर्न आदेश दिएको छ ।
यस्तै रुद्र कुमार श्रेष्ठ ७ लाख ५० हजार रुपैयाँ, बालकृष्ण श्रेष्ठ ७ लाख ५० हजार रुपैयाँ,कलाधर देउजा १५ लाख रुपैयाँ,घमन कुमार कार्की ७ लाख ५० हजार रुपैयाँ,गोपाल कार्की ७ लाख ५० हजार रुपैयाँ,विनोद पौडेल १५ लाख रुपैयाँ, योगराज पौडेल ७ लाख ५० हजार रुपैयाँ,नारायणराज मिश्र ७ लाख ५० हजार रुपैयाँ,अरुण कुमार श्रेष्ठ ७ लाख ५० रुपैयाँ,ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार रुपैयाँ,बाबुराजा महर्जन १ लख १० हजार रुपैयाँ,देवनारायण महर्जन १ लाख १० हजार रुपैयाँमा रिहा भएका छन् ।
यस्तै सकलानन्द महर्जन १ लाख १० हजार रुपैयाँ,सञ्जय कुमार महर्जन १ लाख १० हजार रुपैयाँ र लोकरि घिमिरे ७ लाख ५० हजार रुपैयाँमा रिहा भएका छन् ।