काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँग टेलिफोनबाट दुई करोड रुपैयाँ मागेको विषयमा संसदमा माफी मागेको छ ।
आफ्नो पार्टीका सांसद श्रेष्ठको अडियो प्रकरणले संसद्कै गरिमामा र प्रतिष्ठामा आँच पुगेको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज साेमवारको संसद् बैठकमा माफी माग्नुभएको हो । प्रमुख सचेतक परियारले यो विषयलाई पार्टीले गम्भीर रूपमा लिएको र छानबिन भइरहेको पनि बताए ।
आफूलाई मन्त्री बन्ने अफर आएको र त्यसका लागि पार्टीलाई पैसा बुझाउनुपर्ने भन्दै सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो हिजो आइतवार बाहिरिएको थियो । घटनापछि रास्वपाले श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसदबाट निलम्बन गरेर अनुसन्धान थालेको छ ।