काठमाडौँ । बागमती प्रदेश सरकारमा दुई मन्त्री नियुक्त भएका छन्।कांग्रेस संसदीय दलका नेतासमेत रहेका बहादुरसिंह लामा आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् भने कांग्रेसकै तिर्थबहादुर लामा खानेपानी उर्जा तथा सिंचाई मन्त्रीमा नियुक्त भएका हुन्।
आज नियुक्त भएका मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीद्वयलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ खुवाएका हुन्।प्रदेश सरकार ६ सदस्यीय भएको छ । अझै ५ वटा मन्त्रालय नेतृत्वविहीन अवस्थामा छन् ।