काठमाडौँ । पार्टी हितविपरीत काम गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने भएको छ । रास्वपाले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने भएको हो ।
श्रेष्ठलाई कारबाही गरिएको पत्र संसद् सचिवालयलाई पठाउने रास्वपाको तयारी छ । रास्वपाले स्वास्थ्यमन्त्री पाउने भएपछि श्रेष्ठको नाम चर्चामा थियो । तर, उनी मन्त्री भने भएनन् ।
आफू स्वास्थ्यमन्त्री बन्न लागेको र पार्टीलाई बुझाउनुपर्ने भन्दै श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ सहयोग मागेको अडियो सार्वजनिक भएको थियो ।