काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र तीन दलका शीर्ष नेताबीच सिंहदरबारमा भेटवार्ता भएको छ।
सभामुख घिमिरेको पहलमा शनिबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटवार्ता भएको हो। सभामुख घिमिरेसँगै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो।
संसद्लाई प्रभावकारी बनाउन सभामुख घिमिरेले सत्तापक्ष र प्रतिपक्ष दलका नेतासँग छलफल गरेको सचिवालयले जनाएको छ। चारै जनाबीच संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ।
सभामुखको सचिवालयका अनुसार प्रतिनिधि सभामा दर्ता भएका विधेयकलाई प्रभावकारी रुपमा अघि बढाउने विषयमा छलफल भएको छ।