काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज बुधवार पदाधिकारी बैठक बोलाएको छ ।सरकारका साझा न्यूनतम कार्यक्रम, पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न बुधवार दिउँसो ४ बजे बस्ने गरी माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।
बैठक दिउँसो ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने जनाइएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले सरकारको साझा न्यूनतम कार्यक्रम र समसायिमक एजेण्डा सहितको छलफल गर्न बैठक डाँकिएको जानकारी दिए ।