पोखरा । पोखरा गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर १८ को मत गणना बदर गरी पुनः मत गणना गर्न उच्च अदातल पोखराले आदेश दिएको छ ।
अदातलले वडाध्यक्ष पदको पुन मतगणना आउँदो वैशाख २० गते गर्न अदातलले आदेश दिएको उच्च अदालत पोखराका रजिष्ट्रार श्रीराम पौडेलले जानकारी दिए ।एमालेबाट उम्मेदवार बनेका पुस्कल थापाले मतगणना कार्य वदर गरि दोर्होराई मतगणना गरि पाउ भन्दै गत जेठ १८ गते उजुरी दिएका थिए ।
सो वडामा कांग्रेसका शिव प्रसाद तिमल्निाले १६४३ मत पाएर बिजयी घोषित हुँदा एमालेका पुष्कल बहादुर थापाले १६४० मत पाएका थिए ।
एमालेबाट उम्मेदवार बनेका थापालाई नेपाली कांग्रेसका शिव तिमिल्सिनाले ३ मतले पराजित गरेका थिए थापाले खसेको भन्दा गणनामा ९ मत कम देखिएको र उक्त मत आफ्नै भएको दाबी गरेका थिए ।