काठमाडौँ । जसपाकी नवनिर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।
संसद् सचिवालय सिंहदरबारमा आइतवार बिहान सभामुख देवराज घिमिरेले अन्सारीलाई शपथ गराएका हुन्।
सांसद सहनाज रहमानको हृदयाघातका कारण निधन भएपछि जसपाले अन्सारीलाई सांसद बनाएको थियो ।
समानुपतिकतर्फको सांसद पद रिक्त भएमा बन्दसूचीबाटै अर्को सांसद निर्वाचित गर्न पाउने कानूनी व्यवस्था छ ।