काठमाडौँ । नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्षित गरेर बारा, चितवन र तनहुमा २०७९ सालअघि पार्टीविरुद्ध बागी उम्मेदवारी दिएका नेतारकार्यकर्ताको कारवाही फुकुवा गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको कार्य सम्पादन समितिको बैठकले तीन जिल्लाका कार्यकर्ताको कारवाही फुकुवा गर्ने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले २०७९ भन्दा पहिलेको चुनावमा स्वतन्त्र उम्मेदवार भएका नेता कार्यकर्तालाई पुरानै क्रियाशील सदस्यता सक्रिय पार्ने निर्णय भएको जानकारी दिए ।
उपनिर्वाचनमा उनीहरूले गरेको कामलाई हेरेर भविष्यमा पार्टीको जिम्मेवारी दिने पनि निर्णय कांग्रेसले गरेको छ ।कांग्रेसले बारा २ मा जसपाका उपेन्द्र यादवलाई गठबन्धनको साझा उम्मेदवारका रुपमा समर्थन गर्ने निर्णय गरेको छ।