काठमाडौँ । सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएको छ। मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएको हो।
मन्त्रालयको भागबन्डा गर्न बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको हो। अर्को बैठक भोलि बिहान ९ बजे बस्ने भएको छ।
बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसँगै जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, आमजनता पार्टी र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरू सहभागी थिए।