काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक बोलाइएको छ । सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक तय भएको हो ।
बैठकमा वैशाख १० गते हुने उपनिर्वाचनको उम्मेदवार, समसामयिक राजनीतिक विषयमा छलफल मुख्य एजेण्डा छ ।तनहुँ १, चितवन २ र बारा २ मा हुन उपनिर्वाचनको मिति तोकिसकिएको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार केन्द्रीय समिति बैठक तयारीलगायत पार्टीका सांगठानिक र विविध विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुनेछ ।