धनगढी । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्नुपर्ने बताएका छन् ।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले चौधरी निर्दोष रहेकाले रिहा गर्नुपर्ने बताएका हुन् ।
चौधरी केही महिनाभित्रै रिहाइ हुने सम्भावना रहेको उनले बताए । सर्वोच्चले केही दिनमै उनलाई रिहाइ गर्ने सम्भावना रहेको उनले बताए ।