काठमाडौँ । लुम्बिनी प्रदेश सरकारबाट जनमत पार्टी पनि बाहिरिएको छ । लुम्बिनी प्रदेश सरकारमा सहभागी जनमतका सीके गुप्ताले राजीनामा दिएका छन् ।
यस अघि माओवादी केन्द्रका जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसीले पदबाट राजीनामा दिएका थिए । उनीहरुले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाएका हुन् ।