काठमाडौँ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनअनुसार मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिएको संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए।
एमालेका मुख्यमन्त्रीलाई माओवादीले दिएको समर्थन फिर्ता लिएसँगै अब गण्डकीमा कांग्रेसको नेतृत्वमा सरकार बन्नेछ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने सम्भावना छ ।
यद्यपि माओवादीले पनि आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी भने जारी राखेको छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादीको आठ र राप्रपाको दुई सिट रहेको छ ।