बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० दलीय गठबन्धनलाई खण्डित गर्ने रणनीतिमा एमाले नलाग्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा माओवादी केन्द्रलाई लक्षित गर्दै भने, ‘चुनाव लड्दा कांग्रेससँग मिलेर लड्नुभयो । जनतालाई दिएको वचन पूरा गर्नेतर्फ फर्किनुभएको हो ठीक छ ।’
विगतमा आरजु राणा र जनार्दन शर्माका कारण देशको अर्थतन्त्र कमजोर भएको भन्दै महासचिव पोखरेलले गठबन्धन सरकारकै कारण अर्थतन्त्र तहसनहस भएको पनि टिप्पणी गरे। राजनीतिक अस्थिरता र अराजकताले मुलुकलाई पछाडि पारेको उनको भनाइ थियो।