काठमाडौं । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दोहोरो राहदानी लिएको विषयमा मुद्दा नचलाउने निर्णय गरेको छ।
प्रहरी, जिल्ला सरकारी वकिल कार्यालय हुँदै महान्यायाधिवक्ता कार्यालयमा पुगेको फाइलमा सोमबार निर्णय भएको कार्यालयका प्रवक्ता सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मीले जानकारी दिए।
महान्यायाधिवक्ता दिनमणि पोखरेलले मुद्दा नचलाउने निर्णय गरेसँगै पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले दोहोरो राहदानी लिएको भन्ने आरोपबाट क्लिनचिट पाएका छन्।