काठमाडौँ । उपराष्ट्रपतिमा निर्वाचित रामसहाय प्रसाद यादवले पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा)बाट उपराष्ट्रपतिमा निर्वाचित यादवले आइतबार पार्टीको साधारण सदस्य लगायत सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिएका हुन् ।
बारा क्षेत्र न. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका यादाव जसपाका संसदीय दलका नेतासमेत थिए ।
शुत्रबार भएको उपराष्ट्रपतिको निर्वाचनमा उनले ३० हजार ३२८ मतभार प्राप्त गर्दै जित हासिल गरेका थिए ।
