काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधान ऐन कानून बमोजिम काम गर्ने बताए ।
उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले आफूलाई निर्वाचित गराउने सवैप्रति धन्यवाद दिँदै संविधान ऐन कानून बमोजिम काम गर्ने बताए । उपराष्ट्रपतिको काम कर्तव्य र अधिकार बमोजिम इमान्दारीपूर्वक जनताको हितमा काम गर्ने उनको भनाइ छ।
संविधानको पालना गर्दै मुलुकको राष्ट्रिय एकता प्रवद्र्धन गर्न भूमिका निर्वाह गर्ने उहाले बताए । उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनका लागि पनि आफ्नो तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने जिकिर गरे ।उनले आफ्नो निर्वाचन क्षेत्रको मतदाता लगाएत देशका सम्पूर्ण जनताप्रति आभार व्यक्त गरे ।
यो पनि पढ्नुस् :-
रामसहाय यादव नयाँ उपराष्ट्रपतिमा निर्वाचित
को हुन् उपराष्ट्रपतिमा निर्वाचित रामसहाय प्रसाद यादव ?
निर्वाचन आयोगद्वारा नव निर्वाचित उपराष्ट्रपति यादवलाई प्रमाणपत्र प्रदान