कामठाडौँ । जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
बालकुमारीस्थित पार्टी कार्यालयमा बिहीबार बिहान ११ बजे बस्ने गरी जसपाले कार्यकारिणी समितिको बैठक बोलाएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार बैठकमा फागुन ३ मा हुने उपराष्ट्रपतिको निर्वाचन, पार्टीको विधान मस्यौदा, समानुपातिक सांसद सिफारिस लगायतका विषयमा छलफल हुनेछ ।
समानुपातिक प्रणालीमार्फत मुस्लिम क्लस्टरबाट सांसद बनेकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ । मुस्लिम क्लस्टरतर्फ बन्दसूचीको दोस्रो नम्बरमा मञ्जु अन्सारीको नाम छ ।