काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रदेश प्रमुखहरूले भेटवार्ता गरेका छन् ।
बुधवार बिहान भएको भेटमा प्रदेश प्रमुखहरू तिलक परियार, अमिक शेरचन, परशुराम खापुङ लगायतले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन काठमाडौं आएका प्रदेश प्रमुखहरूले प्रधानमन्त्री प्रचण्डलाई समेत भेटेका छन् ।