काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई मत दिने गरी निर्णय लिने भएको छ ।
उपराष्ट्रपतिका हकमा समर्थनसम्बन्धी निर्णय लिन कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।सरकारबाट एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएको हुँदा फेरि विश्वासको मत लिनुपरेको हो । ती नेताका अनुसार, प्रधानमन्त्रीले चैत ७ भित्रै विश्वासको मत लिने सम्भावना छ ।
२०७९ पुस १० मा दाहाल सरकार निर्माण हुँदा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको सहभागिता थियो । त्यही अनुरुप प्रदेशमा पनि गठबन्धन बनेका थिए । गठबन्धन अनुरुप नै मुख्यमन्त्री र संसदीय पदाधिकारी चयन भएका थिए ।
नयाँ गठबन्धनपछि मुख्यमन्त्री र सरकार फेरबदल हुनेछ । तर, प्रदेश सभाका सभामुख–उपसभामुख पद फेरबदल कठिन हुने देखिन्छ । तिनले राजीनामा नदिएको खण्डमा तिनलाई हटाउन दुई तिहाइ मत चाहिन्छ ।