काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी वर्तमान सरकारमा सहभागी हुने सोच नरहेको बताएका छन् ।
आइतबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले राप्रपाले सरकारलाई प्राथमिकतामा नराखेको र अहिले नै सहभागी सोच पनि नरहेको बताए ।
उनले वर्तमान सरकारलाई समर्थन गर्ने सम्भावना पनि कम रहेको बताए । त्यस्तै उनले उपराष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा छिटै पार्टीले निर्णय गर्ने जानकारी दिए।
यसअघि राष्ट्रपतिको निर्वाचन राप्रपाले बहिष्कार गरेको नभई राजनीतिमा क्रियाशिल व्यक्तिले राष्ट्रपतिमा उम्मेदवारी दिएकै कारण कसैलाई पनि मत नहालेको स्पष्ट पारे ।