काठमाडौँ । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादवको उम्मेदवारी कायम भएको छ। निर्वाचन आयोगले उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायम राख्ने निर्णय गरेको हो।
आइतबार निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिमा यादवको उम्मेदवारी खारेज गर्नुनपर्ने भएको उल्लेख गर्दै संविधानमा महिला नै हुनुपर्ने बाध्यकारी व्यवस्था नभएको जनाएको छ।
शनिबार उपराष्ट्रपतिका उम्मेदवारद्वय अष्टलक्ष्मी शाक्य र ममता झाले महिला उम्मेदवार हुनुपर्ने माग गर्दै आयोगमा उजुरी दिएका थिए।