काठमाडौं। नेपाल टी–२० लिगमा स्टप फिक्सिङको आरोपमा पक्राउ परेका तीन जना धरौटीमा रिहा भएका छन्।
धरौटीमा रिहा हुनेमा नेपाली क्रिकेट टोलीका अलराउन्डर आदिल आलम, पूर्व खेलाडी मेहबुब आलम र वीरगञ्जका स्थानीय क्रिकेट खेलाडी नितेश गुप्ता रहेका छन्।
जिल्ला अदालत काठमाडौंले उनीहरुलाई बुधबार तीन लाख धरौटीमा छोड्न आदेश दिएको थियो। उक्त आदेशपछि उनीहरु आज धरौटी रकम बुझाएर छुटेका हुन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार मात्रै उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको थियो।
आदिल र मेहबुब माघ ९ गते पक्राउ परेका थिए।
सम्बन्धित समाचारः
नेपाल टी–२० लिगमा फिक्सिङः ५ जनाविरुद्ध मुद्दा दर्ता, महबुब र आदिलले के दिए बयान ?
नेपाल टी–२० लिगमा कसरी गरियो फिक्सिङ ? को–को छन् संलग्न ? सीआईबीले दियो जानकारी
फिक्सिङ आरोपमा क्रिकेटर आदिल अन्सारी र मेहबुब आलम पक्राउ
नेपाल टी–२० लिगमा म्याच फिक्सिङ भइरहेको खुलासा